जनता साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । चित्रपुरस्थित जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सकारीविद् कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा उनले नियमित बचत सहकारी संस्थाको प्राण भएको बताएका छन् । अरु बचत शिर्षक सदस्यको क्षमता तथा र आम्दानी अनुसार फरक फरश शिर्षकमा बचत गर्दा पनि नियमित बचत सम्पूर्ण सदस्यले अनिवार्य रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको सभापतित्वमा भएको साधारणसभामा जिल्ला सहकारी संघ भक्तपुरका उपाध्यक्ष कृष्णबहादुर घजु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्णगोविन्द लाखाजूलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभाले संस्थाका सचिव सचिव राजु प्रजापति, कोषाध्यक्ष कृष्णगोपाल राजथलाले प्रसतुत वार्षिक आर्थिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
शेयर पूँजी ३ करोड ११ लाख ८० हजार ९ सय रुपैया रहेको संस्थाको ३ हजार १ सय १ जना शेयर सदस्य रहेको छन् । संस्थाले सदस्यहरुबाट आ.व. २०७८/०८९ मा २२ करोड ४९ लाख ७८ हजार ९ सय ५९ रुपैया निक्षेप संकलन गरी २३ करोड ३० लाख १३ हजार १ सय ९४ रुपैया सदस्यहरुलाई सुरक्षित लगानी गरेको संस्थाका अध्यक्ष राजेशकुमार राजथला बताएका छन् । उहाँले संस्थाको जगेडा तथा अन्य कोषहरुमा ७२ लाख ८२ हजार ४ सय ६२ रुपैया रहेको र संस्थाले आ.व. २०७८/०७९ मा २८ लाख ७ हजार ७ सय १९ रुपैया खुद नाफा गर्न सफल भएको बताउनुभयो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -