वुमेन्स साफ च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा नेपालले सानदार सुरुआत गरेको छ । मंगलबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेहो हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । अमिषा कार्कीले प्रहार गरेको बल भुटानी रक्षकबाट डिफेक्ट हुँदा बल सावित्राले भेटेकी थिइन् । भुटानी गोलकिपर संगिता मंगर चिप्लिए पछि पाएको सुनौलो मौकालाई सावित्राले सदुपयोग गरिन् ।
सावित्राले ६८औं मिनेटमा दोस्रो गोल थपिन् । यस्तै, अनिताले खेलको ७३औं मिनेटमा तेस्रो गोल गरिन् भने चौथौ गोल ८४औं मिनेटमा गरिन् । अनिताले २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै आफ्नो पहिलो गरिन् । नेपालको जितमा सावित्रा भण्डारी र अनिता केसीले दुई–दुई गोल गरे । यो जितसँगै नेपाल समूह बी बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -