प्याब्सन स्कुल प्रिन्स एण्ड प्रिन्सेस-२०२२ हुने

भक्तपुर । भक्तपुर प्याब्सन जिल्ला कार्यसमिति, भक्तपुरको आयोजना तथा अनुजा मेडिया प्रा.लि.को सहआयोजना एवम् व्यवस्थापनमा प्याब्सन स्कुल प्रिन्स एण्ड प्रिन्सेस-२०२२ कार्यक्रम हुने भएको छ ।

प्याब्सन कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र अनुजा मेडियाका अध्यक्ष अनुजा आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन एवम् व्यक्तित्व विकासमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । अनुजा मेडियाका संयोजक स्याफृन सिलवालले प्रतियोगिता ७-११ वर्ष तथा ११ वर्षभन्दा माथिको उमेरसमूहमा सञ्चालन हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा जिल्लाका वरिष्ठ उपाध्यक्ष राजन कसपाल, सचिव विजय कर्माचार्य, सूनपा प्याब्सन अध्यक्ष दिनेश मैनालीलगायतले आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रम असोज २७ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका १०० जना विद्यार्थीले पहिले नाम दर्ता गर्ने प्राथमिकता क्रमका आधारमा सहभागीता जनाउने छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -