सिटिजन्स बैंकको कार्डबाहकहरूलाई नेसनल प्याथल्याबमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित नेसनल प्याथल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथल्याबका विभिन्न स्वास्थ्य जाँच र हेल्थ प्याकेजहरुमा १७% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क, ई.के.वाई.सी. र नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुबिधाको सुरुवात गरिसकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रसमेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभइकन ०१–५९७००६८ नम्बरमा फोन गरी वा support@ctznbank.com मा इमेल गरी प्राप्त गर्न सक्नु हुनेछ ।

सिटिजन्स बैंकले देसैभरि आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १४ लाख ५७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको प्रवक्ता नारायण राजअधिकारीले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -