सन्दीप राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।
बिहीबार उनीविरुद्ध एक किशोरीले प्रहरी वृत गौशालामा जबरजस्ती करणीको जाहेरी दिएका थिए र थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत जारी भइसकेको छ ।

सन्दीपमाथि उमेर नपुगेकी एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ पाँच गते सन्दीपले ती किशोरीलाई विभिन्न स्थान घुमाएर राति सिनामंगलको एक होटलमा लगी जवरजस्ती करणी गरेको आरोप छ ।

केन्याबाटै ट्वान्टी २० शृंखला सकिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअघि नै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप जमैका पुगिसकेका छन् । सीपीएलमा उनले यसपाली जमैका तालाबाजसँग सम्झौता गरेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -