भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टनमा आयुष र दिपेन्द्र अन्तिम आठमा

भक्तपुर। सूर्यविनायक नगरपालिका ८ का आयुष प्रजापती र चाँगुनारायण न.पा. २ का दिपेन्द्र कार्की भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ अन्तिम आठमा स्थान पक्का गर्न सफल भएका छन् । प्रजापतीले मध्यपुर थिमि १ का कृष्णगोपाल प्याथबाट वाकओभर प्राप्त गरे भने कार्कीले सूर्यविनायक ३ का सदीप खत्रीलाई २१–१५, २१–१९ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् ।
यस्तै अन्तिम आठमा प्रवेश गर्ने अन्यमा मध्यपुर थिमि ३ का निकेश निरौला, भक्तपुर न.पा. २ का रेश्वत सुवाल, चाँगुनारायण न.पा. २ का महेश प्याकुरेल, सुर्यविनायक न.पा. ३ का रमेश बस्नेत, चाँगुनारायणका श्रीयांश कटुवाल र मध्यपुर थिमि न.पा. ५ का मुकेश श्रेष्ठ रहेका छन् । निरौलाले मध्यपुर थिमि न.पा. ८ का अलेश चक्रधरलाई २१–११, २१–१५ ले, सुवालले चाँगुनारायण २ का तेज बहादुर खत्रीलाई १९–२१, २१–१४, २१–१५ ले, प्याकुरेलले मध्यपुर थिमि १ का हरि खड्कालाई २१–४, २१–१२ ले, बस्नेतले सूर्य विनायक ९ का दिपेन्द्र महतलाई २१–६, २१–१० ले, कटुवालले मध्यपुर थिमि ८ का सुशिल तुईचालाई २१–८, १४–२१, २१–१४ ले तथा श्रेष्ठले सुर्यविनायक ८ का विजय के.सी.लाई २१–१३, २१–११ ले पराजित गरेका थिए ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ सूर्यविनायक ४ का केशव कार्की र नवराज सापकोटाले थिमी न.पा. १ का राजेश डङ्गोल र पुर्ण सेढाईलाई २१–५, २१–१० ले पराजित गर्दै क्वाटरफाईनमा स्थान बनाए । यस्तै मध्यपुर थिमि न.पा. ५ का राजन प्रजापति र दिपेन थापाले चाँगुनारायण १ का रितेश खड्का र रुपेश थापाको जोडीलाई १२–२१,२१–१७, २१–१२ ले, मध्यपुर थिमि ४ का बिवेक श्रेष्ठ र उद्धव बागा श्रेष्ठको जोडीले मध्यपुर थिमि १ का प्रभातकुमार खड्का र शिव थकुल्लाको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले, मध्यपुर थिमि ७ का अशोक अधिकारी र महेश कार्कीको जोडीले थिमी ६ का वीरेन्द्र वादे र प्रेमकुमार श्रेष्ठको जोडीलाई २१–१४, २१–१४ को समान अन्तरले, मध्यपुर थिमि ५ का दीपक श्रेष्ठ र रमेश पिला श्रेष्ठको जोडीले मध्यपुर थिमि ४ का विकी श्रेष्ठ र बिशेष श्रेष्ठको जोडीलाई २९–२७, २२–२० को अन्तरले, मध्यपुर थिमि ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीले मध्यपुर थिमि १ का रमेश आचार्य र राजमान द्वारेबाट वाक ओभर, सूर्यविनायक ५ का सूर्य कुमार बुढाथोकी र महेश खड्काको जोडीले मध्यपुर थिमि ८ का उनाम बुढा र सुनिल होनाको जोडीलाई २१–१८, २१–१६ को अन्तरले तथा सूर्यविनायक ३ का दीपक खत्री र लेखनाथ पराजुलीको जोडीले सूर्यविनायक ७ का सुदीप खत्री र भद्र शाहीको जोडीलाई २१–१९, २१–१९ को समान अन्तरले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।
यसैगरि भेट्रान ४५ बर्षका युगलमा थिमी ८ का पूर्णहरि होना र प्रेम भक्त ज्यानाको जोडी, सूर्यविनायक २ का डि. आङ्गबुहाङ्ग र के. बहादुर थेम्बेको जोडी, मध्यपुर थिमि १ का सन्तमान द्वारे र सुमन खड्काको जोडी, भक्तपुर न.पा. २ का राजु बासुकला र कृष्णगोपाल सुवालको जोडी, मध्यपुर थिमि १ का दीपक खनाल र मनिष पराजुलीको जोडी, मध्यपुर थिमि ३ का गोपाल भट्टराई र ईन्द्र सुवेदीको जोडी, मध्यपुर थिमि १ का सुरेन्द्र बुढाथोकी र चन्द्र प्रजापतीको जोडी तथा मध्यपुर थिमि ३ का भिम गिरी र देन लामाको जोडी पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गर ।
प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ ।
२०० बढि खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भईरहेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -