बेलायती महारानी एलिजाबेथको निधन

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार दिउँसो निधन भएको छ । सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो ।

लण्डनको माइफेरमा सन् १९२६ अप्रिल २१ मा जन्मिएकी एलिजाबेथ ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गर्ने राष्ट्राध्यक्ष हुन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख पनि हुन् । लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा विश्वमै फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् ।

उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् ।

अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

एजेन्सी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -