मध्यपुर थिमि नगरपालिका वडा नं. ७ टिम च्याम्पियन

भक्तपुर । मध्यपुर थिमि नगरपालिका ७ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ ।
ब्याडमिन्टन ईतिहासमानै नौलो प्रस्तुति जिल्लाब्यापी वडा प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका ७ ले एक स्वर्ण दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो । यस्तै दोश्रो स्थानमा रहेको मध्यपुर थिमि ८ एक स्वर्ण र एक कास्य पदक प्राप्त गर्न सफल भयो । बराबर एक स्वर्ण प्राप्त गरेका सूर्यविनायक नगरपालिका ८ र मध्यपुर थिमि नगरपालिका ४ संयुक्त तेश्रो स्थानमा रहे ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगितामा पुरुष तर्फ सूर्यविनायक नगरपालिकाका आयुष प्रजापति र महिला तर्फ मध्यपुर थिमि नगरपालिका ४ की कृषा श्रेष्ठले उपाधी उचाल सफल भएका थिए ।
आयुषले सूर्यविनायक नगरपालिका ३ का रमेश बस्नेतलाई २१–१३, १८–२१, २१–१६ ले पराजित गरे भने कृषाले मध्यपुर थिमि नगरपालिका ७ की सर्मिला के.सी.लाई २१–१८, १७–२१, २१–१२ ले पराजित गरिन् ।
पुरुष युगल तर्फ मध्यपुर थिमि नगपालिका ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीले उपाधि उचाले । उक्त जोडीले मध्यपुर थिमि नगरपालिका ७ कै अशोक अधिकारी र महेश कार्कीलाई २१–११, २१–१० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् ।


पुरुष युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा मध्यपुर थिमि नगरपालिका ८ का पूर्णहरि होना र प्रेमभक्त जयनाको जोडीले बाजी मारे । उक्त जोडीले मध्यपुर थिमि नगरपालिका ३ का भिम गिरी र देन लामाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गरेका हुन् ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई समाजसेवी एवं करातेका खेलाडी अष्ट कवें, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार रुपैया, १० हजार रुपैया र ५ हजार रुपैया प्राप्त गरे ।
२०० बढि खेलाडीको सहभागिता रहेको प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -