बालकुमारी साकोसको छालारोग सम्बन्धी एक दिने शिविर

भक्तपुर । मध्यपुर थिमिस्थित सामुदायमा आधारित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार एक दिने छालारोग सम्बन्धी नि:शुल्क शिविर सञ्चालन गरिएको छ ।
लुसेन्ट स्किन एण्ड हेयर क्लिनिकको सहकार्यमा भएको उक्त शिविरमा क्लिनिकका छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा. अभिषेक विलास पन्त, डा. समिर खड्का र डा. पुकार चपागाईको टोलीले परीक्षण गरिएका थिए । शिविरमा परीक्षण पश्चात् आवश्यक भएका विरामीलाई नि:शुल्क औषधी समेत वितरण गरेको थियो ।
संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले शिविरबाट स्थानीय समुदायले छालारोग सम्बन्धी परीक्षण गरी लाभ लिने सकिने बताउनुभयो । उहाँले संस्थाले सदस्य र समुदायको हितका लागि सामाजिक उत्तरदायित्व निर्वाहलाई संस्थाले निरन्तरता दिने पनि बताउनुभयो भयो ।
स्थानीय आदर्श माध्यमिक विद्यालय, थिमिमा भएको शिविर उद्घाटन कार्यक्रममा संस्थाका सचिव पृथ्वीराम श्रेष्ठ, डा. समिर खड्का, शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक अम्बिका श्रेष्ठलगायतले बोल्नु भएको थियो । कार्यक्रम उपसमितिका सचिव विजेन्द्र श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -