थिमि स्वावलम्बन साकोसको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । मध्यपुर थिमि, चपाचोस्थित थिमि स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतिको सभापतित्वमा अहायोजित सभाको उद्घाटन प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुजेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।
नगर प्रमुख श्रेष्ठले मध्यपुर स्वावलम्बन साकोस सामुदायमा आधारित सहकारी भएकोले सदस्यले बचत गरेको रकम सुरक्षित हुने बताउनु भयो । उहाँले मध्यपुर थिमि नगरपालिकाले मध्यपुर थिमिको सहकारीहरुको अनुगमन गर्ने र गलत कार्य एवं ऐन नियम विपरित सञ्चालन गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
सभामा नगर प्रमुख श्रेष्ठले सहकारीमा व्याजको लोभमा जुनसुकै सहकारी बचत नगर्न पनि अनुरोध गर्नु भयो । समुदायमा आधारित सहकारी ऐन, नियम तथा सुशासन चलेका सहकारीमा मात्र बचत गर्न सझाएका छन् ।
सभामा नगर उपप्रमुख विजय श्रेष्ठले निर्वाचित भएर गएको केही समयमा नै विज्ञहरुसँग छलफल तथा सुझाव लिई सहकारी ऐन पारित गरेको जानकारी दिनुभयो ।
साधारणसभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरि बल, थिमि स्वावलम्बन साकोसका निवर्तमान अध्यक्ष चन्द्रकृष्ण प्रजापतिलगायतले संस्थाको गतिविधि बारे चर्चा गर्नु भएको थियो ।

संस्थाका सचिव विनोद प्रजापतिले आ.व. २०७८/०७९ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष आ.व. २०७८/०७९ को आर्थिक प्रतिवेदन र आ.व. २०७९/०८० को अनुमोदन बजेट प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको आ.व. २०७८/०७९ मा शेयर पूँजी ५ करोड ३५ लाख ७८ हजार ५ सय रुपैया, सदस्यहरुबाट ५० करोड २८ लाख ८४ हजार ९ सय ९२ रुपैया निक्षेप संकलन गरी ४६ करोड ९१ लाख ८ हजार ७ सय ५६ रुपैया सुरक्षित ऋण लगानी गरेको छ । यसै गरी आ.व.मा संस्थाको जगेडा ३ करोड २३ लाख २४ हजार ८ सय ८६ रुपैया र अन्य कोषमा २ करोड ६३ लाख १२ हजार ६ सय ९७ रुपैया रहेको छ । आ.व. २०७८/०७९ मा २ करोड २ लाख ९२ हजार १ सय ६४ रुपैया खुद बचत गर्न सफल भएको छ । मध्यपुर थिमि नगरभरी कार्यक्षेत्र रहेको संस्थामा २ हजार ३ सय ४७ जना शेयर सदस्य रहेका छन् ।
साधारणसभामा संस्थाका स्नाकोत्तर उत्तीर्ण शेयर सदस्यहरुलाई र थिमि स्वाबलम्बन साकोसको सहकारी गानका लेखक तुल्सीहरि प्रजापतिलाई पनि सम्मान गरेको थियो । सभामा संस्थाका उत्कृष्ट बचत कर्ता र ऋणीलाई पनि सम्मान गरेको संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -