नमूना बस्ती समाजको अध्यक्षमा मैनाली

भक्तपुर । मध्यपुर थिमि, गठ्ठाघरस्थित नमूना बस्ती समाजको अध्यक्षमा धर्मलाल मैनाली सर्वसम्मत चयन भएका छन् ।
समाजको शनिबार सम्पन्न २२ औं वार्षिक साधारणसभाबाट मैनालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेका हुन् ।
साधारणसभाले उपाध्यक्षमा प्रकाश गिरी, सचिवमा गोपाल दाहाल, कोषाध्यक्षमा उमेश बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सुवर्णप्रसाद उपाध्याय, दानबहादुर जिसी, निराजन पन्त, बद्रिबहादुर कार्की, राजन प्याकुरेल, गीता जिसी र पुष्पा बोहोरा रहेका छन् ।
निर्वाचित अध्यक्ष मैनालीले यस अघि सचिव पदमा रही समाजको हितका लागि अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका थिए । उहाँले आफ्नो कार्यकालमा सदैव समाजको उन्नति र प्रगतिको बारेमा सोच्ने, समाजभित्र कसैले गलत कार्य गर्छ भने त्यसका विरुद्ध जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताउनुभयो ।
समाजका ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मानित गरिएको उक्त साधारणसभामा दिवंगत सदस्यप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना स्वरुप प्रमाणपत्र प्रदान गरेका थिए ।

फोटो : ईछापा
बासुदेव श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -