पच्चीसौं वर्षमा नन्दकिशोर प्रतिभा प्रतिष्ठान

ललितपुर (इमाडोल) । नन्दकिशोर प्रतिभा प्रतिष्ठानको रजत महोत्सव विगतका वर्षझैं यस वर्ष पनि राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंको प्रमुख आतिथ्यमा आइतबार विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ ।
प्रतिष्ठानले ललितपुरको महालक्ष्मी नगरपालिकाअन्तर्गत लुभु, लामाटार, सिद्धिपुर, टीकाथली र इमाडोल क्षेत्रभित्र शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विगत २५ वर्षदेखि विभिन्न कार्यहरु गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष नन्दकिशोर श्रेष्ठले बताउनु भयो ।
रजत महोत्सवमा नगरपालिका क्षेत्रभित्रका ५ स्थानका १५ वटा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा जनसमुदायबीच केन्द्रित रहँदै आएको प्रतिष्ठानले जनाएको छ ।

विगतका वर्षमा झैं यस वर्ष पनि महालक्ष्मी नगरपालिकाभित्र विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका व्यक्तिहरु सम्मानित हुनुभएको थियो । साथै नगरभित्रका सामुदायिक विद्यालयहरुमध्ये गत सालको एसइइ परीक्षामा विषयगत परीक्षाको प्राप्त प्रतिशतको आधारमा सबैभन्दा बढी प्रतिशत हासिल गराउन सफल हुने शिक्षक/शिक्षिकाहरुलाई कदरपत्र प्रदान गरिएको थियो । एसइइ परीक्षामा सबैभन्दा बढी अंक ल्याउन सफल विद्यालय पनि पुरस्कृत भए ।
वरिष्ठ गायिका तीर्थकुमारी थापा सम्मानित कार्यक्रममा पुरस्कृत विद्यार्थी, कदरपत्र र सम्मानित हुने शिक्षक तथा रनिङ शिल्ड प्राप्त गर्नुहुने विद्यालयप्रति प्रतिष्ठानका अध्यक्ष श्रेष्ठद्वारा हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -