मध्यपुर थिमि प्रदेश सभा (ख) मा राप्रपाबाट पञ्चकृष्ण श्रेष्ठ सिफारिस

भक्तपुर । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश सभा (ख) मध्यपुर थिमिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, भक्तपुरले पार्टीका जिल्ला उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन् ।

करिब ३ दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा रहनुभएका श्रेष्ठ मध्यपुर थिमिका व्यवसायी, समाजसेवी, खेलप्रेमी एवं सहकारी अभियन्ताको रुपमा सक्रिय व्यक्तित्व हुनुहुन्छ ।

तत्कालीन मध्यपुर थिमि नगरपालिका वडा नं. १२ मा वडाध्यक्ष भई कार्य गरिसक्नु भएका श्रेष्ठ जनताको सुख, दुःखमा सधैं साथमा रहने व्यक्तिको रुपमा परिचित छन् ।

पार्टीले प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश सभा (क) मा जिल्ला कार्यसमितिका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख राजु कुईकेल, क्षेत्र नं. २ प्रदेश सभा (ख) सूर्यविनायकमा अधिवक्ता विक्रम थापालाई उम्मेवार सिफारिस गरेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -