बंगलामुखी साकोसको १९औँ वार्षिक साधारणसभा सम्पन्न

इछापा संवाददाता
बंगलामुखी साकोसको १९औँ वार्षिक साधारणसभा सम्पन्न
भक्तपुरको बालकोटस्थित बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार मध्यपुर थिमिस्थित शंखधर पार्टी प्यालेसमा आयोजित साधारणसभाको उद्घाटन संस्थाकी ९० वर्षीया ज्येष्ठ सदस्य रामदेवी श्रेष्ठले गरेकी थिइन् ।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण श्रेष्ठ र कोषाध्यक्ष श्याम प्रधानले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाका सेयर सदस्यको संख्या ३ हजार ७५२ पुगेको छ।
त्यसैगरी, संस्थाले १ अर्ब ३४ करोड ३७ लाख ५१ हजार ४२९ रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३ करोड ५९ लाख ७४ हजार ७८१ रुपैयाँ ऋण लगानी गरेको जानकारी गराइएको थियो।
सभामा अध्यक्ष मोहनकृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ऋण जोखिम व्यवस्थापनका लागि व्यवस्था गर्नुपर्दा संस्थाले अपेक्षित नाफा हासिल गर्न नसकेको बताए। उनले ऋण लिएका सदस्यहरूलाई समयमै ऋणको किस्ता तथा साँवा–ब्याज भुक्तानी गरी संस्थालाई सहयोग गर्न आग्रह गरे ।
अध्यक्ष श्रेष्ठले संस्थाका सेयर सदस्यहरूलाई आइपर्ने समस्या तथा सुख–दुःखमा संस्था सधैँ साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले हाल मध्यपुर थिमिको शंखधर चोक र ललितपुरको ग्वार्कोबाट सदस्यहरूलाई वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आएको छ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.