भक्तपुर अस्पतालमा मेरुदण्ड (स्पाइन) को शल्यक्रिया सम्पन्न

इछापा संवाददाता २०८३-०६-२७
भक्तपुर अस्पतालमा मेरुदण्ड (स्पाइन) को शल्यक्रिया सम्पन्न
भक्तपुर अस्पतालमा मेरुदण्ड (स्पाइन) को फ्र्याक्चर भएका एक बिरामीको सफल स्पाइन स्टेबिलाइजेसन शल्यक्रिया सम्पन्न भएको छ ।

दुर्घटनापछि ढाडमा गम्भीर चोट लागेर अस्पतालमा भर्ना भएका बिरामीको सफल स्पाइन स्टेबिलाइजेसन शल्यक्रिया गरेको हो । विस्तृत चिकित्सकीय मूल्यांकन तथा आवश्यक रेडियोलोजिकल परीक्षणपछि मेरुदण्डको फ्र्याक्चर पुष्टि भएको थियो । बिरामीको अवस्थालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा सफलतापूर्वक स्पाइन शल्यक्रिया सम्पन्न गरेको हो ।

उक्त शल्यक्रिया भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछाको टोलीद्वारा सफलतापूर्वक सम्पन्न गरेको हो । हाल बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ र चिकित्सकहरूको निगरानीमा स्वास्थ्य लाभ गरिरहेको छ ।

सफल स्पाइन शल्यक्रियाले भक्तपुर अस्पतालको विशेषज्ञ सेवा, आधुनिक स्पाइन शल्यक्रिया क्षमता तथा जटिल ट्रमा बिरामीहरूको सुरक्षित व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
शल्यक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउनु हुने एनेस्थेसिया विशेषज्ञ डा. दीपक लोहला अनेस्थेसिया टोलि तथा नर्सिङ टोलीलाई भक्तपुर अस्पतालको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.