चाउमिनको विवादले उग्र रूप लिँदा आदर्श तरकारी बजारमा झडप, दुई पक्राउ

इछापा संवाददाता २०८३-०७-१३
चाउमिनको विवादले उग्र रूप लिँदा आदर्श तरकारी बजारमा झडप, दुई पक्राउ
भक्तपुर । भक्तपुरको आदर्श तरकारी बजारमा शुक्रबार बिहान दुई समूहबीच झडप भएको छ। बिहान करिब ९:३० देखि १० बजेसम्म भएको झडपमा दुवै पक्षका दर्जनौँ व्यक्ति सहभागी भएको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार तरकारी बजारभित्र रहेको डीआरपी खाजा घरमा चाउमिन खाएको विषयलाई लिएर सुरु भएको विवादले झडपको रूप लिएको हो।

बिहीबार खाजा घरमा चाउमिन खाएपछि त्यसको गुणस्तरलाई लिएर ग्राहक र खाजा घर सञ्चालकबीच विवाद भएको बताइएको छ। चाउमिन फोहोर भएको भन्दै ग्राहकले पैसा तिर्न अस्वीकार गरेका थिए। पछि पैसा तिर्न लगाएपछि ग्राहकले रकम फालेर हिँडेको र 'भोलि हेरौँला' भन्दै चेतावनी दिएको स्थानीय स्रोतको भनाइ छ।

सोही विवादलाई लिएर शुक्रबार बिहान ती ग्राहक केही बाहिरी व्यक्तिसहित बजारमा पुगेपछि दुई पक्षबीच भनाभन भएको र त्यसपछि झडप भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

झडप सुरु भएको करिब आधा घण्टापछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर लगेको छ।

घटनाका क्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ पनि घटनास्थलमा देखिएका थिए। यद्यपि, उनी व्यक्तिगत कामका सिलसिलामा त्यहाँ पुगेको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.