अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुँदै मध्यपुर थिमिका नगर प्रमुख श्रेष्ठ

इछापा संवाददाता
अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुँदै मध्यपुर थिमिका नगर प्रमुख श्रेष्ठ
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ र सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट जापानमा आयोजना हुने जापानमा आयोजना हुने १५औँ एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

अक्टोबर १९ देखि २१ (कात्तिक २ देखि ४) सम्म जापानको फुकुओका सहरस्थित हिल्टन फुकुओका सी हकमा आयोजना हुने सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न सहरका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्थाका अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

‘सहकार्य र सहसिर्जनामार्फत दिगो सहर निर्माण’ मूल विषय रहेको सम्मेलनमा सहरी विकासका साझा चुनौती, तिनको समाधान तथा दिगो विकासका प्रभावकारी अभ्यासबारे अनुभव आदानप्रदान गरिनेछ।

फुकुओका सहर र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालयको आयोजनामा हुने सम्मेलनको सहआयोजक संयुक्त राष्ट्रसंघीय क्षेत्रीय विकास केन्द्र (यूएनसीआरडी) रहेको छ। आयोजकका अनुसार सम्मेलनमा करिब ५०० जनाको सहभागिता रहनेछ।

सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर सहरी पूर्वाधार, सार्वजनिक–निजी साझेदारी, सुरक्षित तथा विपद् उत्थानशील सहर निर्माण र बदलिँदो जनसांख्यिक अवस्थाअनुकूल सहरी विकासका विषयमा छलफल हुने कार्यक्रम छ।

सम्मेलनको आधिकारिक सहभागी सूचीमा नेपालबाट मध्यपुर थिमि नगरपालिकाको नाम समावेश छ। नेपालसहित जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, पाकिस्तान, फिलिपिन्सलगायत देशका विभिन्न सहरका प्रमुख तथा प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुनेछन्। संयुक्त राष्ट्रसंघीय निकाय, विश्व बैंक समूह तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले पनि विभिन्न सत्रमा सहभागिता जनाउने कार्यक्रम छ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो दिन उद्घाटन, सहभागी सहरहरूको परिचय तथा अन्तर्राष्ट्रिय विज्ञहरूका प्रस्तुति र छलफल हुनेछन्। दोस्रो दिन दिगो सहरी यातायात, सार्वजनिक–निजी साझेदारी, सुरक्षित सहर तथा विपद् व्यवस्थापनलगायत विषयमा छलफल गरिनेछ। सम्मेलनको तेस्रो दिन सहभागीहरूका लागि सहर अवलोकन कार्यक्रम तय गरिएको छ।

मध्यपुर थिमिको कला, संस्कृति र सम्पदा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर
कार्यक्रममा मध्यपुर थिमिको मौलिक कला, संस्कृति तथा ऐतिहासिक सम्पदाबारे प्रस्तुतीकरण गरिनेछ । यसबाट मध्यपुर थिमिको कला, संस्कृति र सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन हुनुका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.