नेपाल–कोरिया मैत्री अस्पतालको मुख्यमन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन

इछापा संवाददाता २०८३-०७-१५
नेपाल–कोरिया मैत्री अस्पतालको मुख्यमन्त्रीद्वारा आकस्मिक अनुगमन, सेवा सुधार गर्न निर्देशन
मध्यपुर थिमि । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मध्यपुर थिमिस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा मुख्यमन्त्री थापामगरले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, बिरामीले प्राप्त गरिरहेको उपचार तथा अस्पतालको समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो।

उहाँले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने उल्लेख गर्दै अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

अस्पतालको सेवा विस्तार, उपचार प्रणालीमा सुधार तथा बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग छलफल गर्दै मुख्यमन्त्री थापामगरले आवश्यक सुधारका काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको थियो।

अनुगमनपछि मुख्यमन्त्री थापामगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभयो। उहाँले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको दायित्व भएको उल्लेख गर्नुभयो।

नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको अनुगमनबाट अस्पतालको वर्तमान अवस्था, बिरामीले पाइरहेको सेवा, सुधार गर्नुपर्ने पक्ष तथा सेवा विस्तारका सम्भावनाबारे जानकारी लिएको उहाँले बताउनुभयो।

साथै, अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा सम्बन्धित पक्षलाई महत्त्वपूर्ण निर्देशनसमेत दिएको उहाँको भनाइ थियो।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.