थिमि लायकु दरबारबाट दशैंको तिथि तालिका सार्वजनिक, अन्योल हट्ने अपेक्षा

इछापा संवाददाता
थिमि लायकु दरबारबाट दशैंको तिथि तालिका सार्वजनिक, अन्योल हट्ने अपेक्षा
मध्यपुर थिमि । नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै मध्यपुर थिमि लायकु दरबारबाट यस वर्ष दशैंका विभिन्न तिथि तथा पर्वसम्बन्धी तालिका सोमबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाले परम्परागत विधिअनुसार दशैं मनाउने तयारीमा रहेका थिमिबासीको अन्योल हटाउने अपेक्षा गरिएको छ।
लायकु दरबारबाट सार्वजनिक गरिएको हस्तलिखित तिथि तालिकामा दशैंका प्रमुख पर्व, पूजा तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने दिनहरू उल्लेख गरिएको छ। थिमिको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले तिथि तालिका सार्वजनिक गरिएको हो।
उक्त तिथि तालिका लायकु दरबारका पुजारी, थिमिका वरिष्ठ ज्योतिषी, भक्तपुर लायकुका पुजारी तथा कर्माचार्यहरुसँगको परामर्श र नवदुर्गा देवगणको सुझावका आधारमा तय गरिएको जनाइएको छ। स्थानीय धार्मिक मान्यता, परम्परा र संस्कारअनुसार पूजा तथा पर्व सञ्चालनका लागि तिथि निर्धारण गरिएको बताइएको छ।
सार्वजनिक तालिकाअनुसार दशैंका प्रमुख तिथि तथा पर्वहरू यसप्रकार छन् :
असोज ३१ गते : फूलपाती
कार्तिक १ गते : महाअष्टमी (कूछी भ्वय्)
कार्तिक २ गते : ×××××××
कार्तिक ३ गते : महानवमी
कार्तिक ४ गते : विजयादशमी
कार्तिक ५ गते : एकादशी (खाँ पिहाख वइगु जात्रा)
लायकु दरबारबाट तिथि तालिका सार्वजनिक भएसँगै दशैंका विभिन्न पूजा, परम्परा तथा जात्रा कुन दिन मनाउने भन्ने विषयमा रहेको अन्योल हट्ने र स्थानीय बासिन्दालाई पर्वको तयारी गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.